ब्राउन सुगरसहित श्रीमान्–श्रीमती पक्राउ

सुर्खेत । ब्राउन सुगरसहित श्रीमान्– श्रीमती पक्राउ गरेका छन् । वीरेन्द्रनगर ४ भैरवस्थान समावेशी टोल सुर्खेतबाट ३७ वर्षीय किरण गिरी र उनकी श्रीमती सरला शाही गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागु औषध व्यरोको संयुक्त टोलीले गिरीको घरमा चेकजाँच गर्दा कोठामा लुकाईछिपाई राखेको ४७.६ सय २० ग्राम ब्राउन सुगर र २६ हजार ३०० नगद रुपैयाँ फेला पारेको हो ।

उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।