शिक्षक गौतम सम्मानित

सुर्खेत । विगत ३३ वर्षदेखि बहिरा बालबालिकाको शिक्षामा महत्वपूर्ण योगदान गरेको भन्दै सिद्ध बहिरा बालकको स्कुल वीरेन्द्रनगरमा कार्यरत शिक्षक धर्मकुमारी गौतमलाई सम्मान गरिएको छ ।

कल्याणमणि आचार्य दीक्षित स्मारक कोषले शुक्रवार एक कार्यक्रमको आयोजना गरी गौतमलाई सम्मान गरिएको हो ।

२०४४ सालदेखि गौतम नियमित रुपमा सिद्ध बहिरा बाल स्कुलमा शिक्षक पदमा कार्यरत रहेको बहिरा बालबालिकाको शिक्षामा लगनशील भएको भन्दै डा. कल्याणमणि आचार्य दीक्षित स्मारक कोषबाट कदरपत्रसहित सम्मानित गरिएको छ ।