सन्दीपविरुद्ध मुद्दाको बहस सकियो, फैसला केहीबेरमा आउने

काठमाडौं । किशोरी बलात्कार आरोप लागेका सन्दीप लामिछानेविरुद्धको मुद्दाको बहस सकिएको छ।

सरकारी वकिलले सन्दीप लामिछानेमाथि १२ बर्ष कैदको माग गर्दै मुद्दा दायर गरेको थियो। बिहीबार लामिछानेको तर्फबाट ८ जना वकिलहरूले बहस गरेका थिए। आज जिल्ला सरकारी वकिलको कार्यालयका वकिलहरूले बहस गरेका गरेका छन्। जवाफी बहस सकिएपछि केहीबेरमा आदेश आउने अदालतले जनाएको छ ।

सन्दीपका कानून व्यवसायीले पीडित किशोरी नाबालिग नभएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपविरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकिर गरेका छन्। लामिछानेविरुद्ध १७ वर्षीया एक किशोरीले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै गत भदौ २१ गते प्रहरीमा जाहेरी दिएकी थिइन्। सन्दीपले भने बलात्कार आरोप अस्वीकार गरिरहेका छन्।