खेलाडीको तलब १० हजारको दरले बढ्यो

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पुरुष खेलाडीको तलब १० हजारको दरले वृद्धि भएको छ ।

नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले सेन्ट्रल कनट्रयाक्टमा रहेका सम्पुर्ण खेलाडीको मासिक तलब १० हजारको दरले वृद्धि गर्ने निर्णय गरेको छ ।

यस्तै, क्यानको बोर्ड बैठकले महिला क्रिकेटरको तलबमा समेत वृद्धि गरेको छ ।

राष्ट्रिय क्रिकेट टिमको ए र बी ग्रेडका खेलाडीको तलब मासिक ६ हजारको दरले र सी ग्रेडका खेलाडीको तलब ५ हजारको दरले वृद्धि गर्ने निर्णय क्यानले गरेको छ ।

यस्तै, सम्पुर्ण मैदान कर्मचारीको पारिश्रमिक मासिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक ५ हजारको दरले र पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गर्ने निर्णय क्यानले गरेको छ ।