काठमाडौं । नवलपरासी बर्दाघाट सुस्ता पूर्वमा भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन्।
गैंडाकोट नगरपालिका ९ स्थित जयश्रीपुल नजिकै आज बिहानै भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा चालक सहित २२ जना घाइते भएका हुन्।
भारतको गुजरातबाट पशुपति दर्शनको लागि काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आज बिहान सवा ५ बजे पल्टिएको थियो।
घाइतेहरूलाई उपचारको लागि भरतपुर चितवनतर्फ पठाइएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ।
फरकबाटो १७ कार्तिक २०७९, बिहीबार ०९:३६