कर्णालीमा आएर एमाले अध्यक्ष ओलिले के भने ?

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले कर्णालीका तीन जिल्लामा आयोजना गरिएको निर्वाचन लक्षित सभालाई सम्बोधन गरेका छन् ।
अध्यक्ष ओलिले जुम्ला पुगेर अध्यक्ष ओलिले सिञ्जाको विकास कसरी गर्न सकिन्छ भनेर हेर्न आएको बताए । सिञ्जा गाउँपालिका नराकोटमा पार्टीले आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले सिञ्जाको विकास गर्न आफू लागिपर्ने बताए ।

उनले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको धनी ठाउँ भएकाले विकासको इतिहास आफ्नो परिस्थितिअनुसार गर्नसक्ने बनाउनुपर्नेमा जोड दिँदै केन्द्रबाट गर्ने सबै सहयोगको जिम्मेवारी लिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारको दिनगन्ती सुरु भइसकेको दाबी समेत गरे ।
अध्यक्ष ओलीले दैलेखमा पेट्रालिम पदार्थ भएको पुष्टि भइसक्दा पनि अहिलेको सरकारले थप काम गर्न नसकेको भन्दै अब एमाले सरकारले गर्न सक्ने बताए  । दैलेखको दुल्लु पुगेका उनले दैलेखमा पेट्रोलियम पदार्थ रहेको भन्ने पुष्टि भएको र यहाँको मात्र नभई राष्ट्रको विकासमा टेवा पुग्ने थाहा हुँदाहुँदै पनि अहिलेको सरकारले काम गर्न नचाहेको बताएका हुन् ।

यस्तै दैलेखको दुल्लुमा एमाले दैलेखले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पेट्रालिम पदार्थको उत्खनन एमालेको सरकारले मात्रै गर्न सक्ने र फेरि पनि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको जनताले बुझिसकेको बताएका हुन् । आफ्नो सरकारले ग्रामीण भेगको विकासका लागि २ सय १० वटा बाटाहरू शिलान्यास गरेको भए पनि अहिलेको सरकारको काम गर्ने क्षमता नहुँता कटौती गरेको बताए ।

अध्यक्ष ओलीले आफ्नो सरकारको तीन वर्षे कार्यकालमा देशको विकासका लागि राम्रा कामहरू गरेको र पुनः एमाले सरकारमा आए पछि विकासे गतिलाई तीव्रता दिने बताए । अध्यक्ष ओलीले अहिले पनि केही व्यत्तिहरु अन्य पार्टीमा रहेकाले एमालेले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको नारालाई आत्मसात गर्दै सबैलाई एमालेको देश बनाउने अभियानमा लाग्न आग्रह गरे ।

यस्तै कालीकोटमा आयोजना गरिएको सभालाई सम्बोधन गदै अध्यक्ष ओलिले आगामी निर्वाचनमा एमालेले जित्ने दाबी गरे । उनले विकास सबैलाई चाहिएकाले एमाले पार्टीलाई विजय गराउने र देशको विकास एमालेले गर्ने बताए । उनले एमालेको जित देखेर पाँच दलिय गठबन्धन एकै ठाउँमा उभिएर मिलिजुली देशलाई खोक्रो बनाउने अभियानमा रहेको आरोप लगाए ।