बङ्ग्लादेश साफ महिला च्याम्पियनशिपको फाइनलमा


सुर्खेत । भुटानलाई आठ–शून्य गोलको फराकिलो अन्तरले हराउँदै बङ्ग्लादेश साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगेको छ । दशरथ रङ्गशालामा आज शुक्रवार भएको पहिलो खेलमा बङ्ग्लादेशलको जितमा कप्तान सविना खातुनले ह्याट्रिक गरिन् ।

यस्तै मोसमत जाहान सोपना, श्रीमती कृष्णारानी सरकार र तोहुरा खातुनले एकरएक गोल गरे ।

योसँगै बङ्ग्लादेश दोस्रो पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगेको छ । यसअघि सन् २०१६ मा फाइनलमा पुगेको बङ्ग्लादेश भारतसँग तीन–एक गोलले पराजित भएको थियो ।

यसैबीच आजै हुने दोस्रो सेमिफाइनलमा साविक विजेता भारत र नेपाल खेल्दैछन् । खेल दशरथ रङ्गशालामा बेलुकी साढे ५ बजे सुरु हुनेछ ।