मुगु बस दुर्घटनाको छानबिन गर्न समिति गठन

सुर्खेत –।  मुगुमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले बस दुर्घटनाको छानबिन गरेर १० दिन भित्र छानबिन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य छन् ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गर्दा भे १ ख ३१६७ नम्बरको बस गएको गएको मंगलबार जुम्ला–मुगु सडक खण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना भएको थियो । दुर्घटनामा ३२ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए ।