लागू औषध र नक्कली नोटसहित ३ जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागू औषध र नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।

रत्नराजमार्ग स्थित प्रहरी चेक पोईन्टका प्रहरी सहायक निरीक्षक युवराज ढकालको नेृत्वमा खटिएको प्रहरी टोलिले आइतबार राति भेरीगंगा नगरपालिका १० तोलिखोलाबाट लागू औषध र नक्कली नोटसहित तीन जनालाई पक्राउ गरिएको हो ।

नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी चेकजाँच गर्दा लागू औषध र नक्कली नोट फेला परे उनीहरुलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर १० का २६ वर्षीय आशिष बैगार, २१ वर्षीय बिवेक विक र भेरीगंगा नगरपालिका ९ का २४ वर्षीय प्रमोद गुरुङ रहेका छन् । उनीहरुको साथबाट नाईट्राभेट (लागू औषध) ८८५ ट्याबलेट र नेपाली एक हजारका नौ वटा नोट बरामत गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।