संविधानमा श्रमिकले अधिकार प्राप्त गरे, व्यवहारमा कार्यान्वयन भएन

सुर्खेत । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदै छ । श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोक्नुका साथै संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ ।

सुरक्षित, सम्मानित र मर्यादित रोजगारका लागि श्रमिकहरुले आवाज उठाउँदै आएका छन् । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले आन्दोलन गरेको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाउँने गरिन्छ ।

नेपालमा पनि औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरूको नेतृत्व गर्नेहरूले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्तिविकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै हरेक यो दिवस मनाउने गरिएको छ ।

प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुरक्षा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने संवैधानिक व्यवस्था गरिएको छ । नेपालको संविधान २०७२ धारा ३४ को उपधारा २ मा श्रमिकको हकमा सामाजिक सुरक्षाको प्रत्याभूति गरिएको छ ।

तर नेपालमा अझै पनि श्रमिकको अवस्थामा सुधार आउन सकेको छैन् । श्रमिकहरुले अधिकार प्राप्त गरे पनि व्यवहारमा कार्यान्वयन भएको छैन् । नेपालमा प्रयाप्त रोजगारी नै छैन् । भएको रोजगारी पनि सुरक्षित, सम्माति र मर्यादित छैन् । विशेष गरी अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकमाथि हुने श्रम, असमान आर्थिक, शारीरिक शोषण अति नै चर्को छ अधिकाँश श्रमिकलाई रोजगार सम्झौंता नगरी काममा लगाउने गरेका विभिन्न तथ्यांकले देखाउँछ ।

नेपालमा श्रमिकहरुको हक र अधिकार लागि विभिन्न ट्रेड युनियनहरु छन् । उनीहरुले श्रमिकहरुले श्रमिकहरुको हक अधिकार स्थापित गर्न पैरवी तथा वकालत गर्दै आएको पाइन्छ । ट्रेड युनियनहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन् ।