भिरबाट लडेर एकजनाको मृत्यु

सुर्खेत । कालिकोटमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । महावै गाउँपालिका वडा नं ७ राम्दी जाने बाटोमा अन्दाजी ६० वर्षीय पुरुषको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

मृतकको नाम नखुलेको र घटनाबारे प्रहरीले थप अनुसन्धान गरिहेको बताइएको छ ।