कुलमानलाई कर्णालीको प्रश्न : कर्णाली अझै पनि अध्याँरो छ, कहिले बत्ती बाल्न पाउने ?


सुर्खेत । कर्णाली प्रदेशका अधिकाँश ठाउँमा विद्युतीकरण हुन सकेको छैन् । यहाँका नागरिकहरु झरो, दियालो, टुकी बाल्न बाध्य छन् । विद्युतीकरण भएका ठाउँहरुमा पनि विद्युत अनियमित हुन्छ । कर्णालीमा विद्युत पुगेका जिल्लाहरुमा सदरमुकामका नागरिकले मात्र विद्युत उपभोग गर्न पाएका छन् । ग्रामिण भेगका नागरिक अझै पनि झरो, दियालो, टुकीको भरमा छन् । कर्णालीका तीन जिल्लामा अझै विद्युतको राष्ट्रिय प्रशारण लाइन पुग्न सकेको छैन् ।

शनिबार वीरेन्द्रनगरमा आयोजित कर्णाली उत्सवमा झरो–उजेलोको खरो’ सत्रमा कर्णालीको विद्युतको बारेमा बहस भयो । कर्णालीमा १८ हजार मेगावट विद्युत उत्पादन गर्न सकिने तथ्यांक छ । तर यहाँ सोही अनुसार विद्युत उत्पादन हुन सकेको छैन् । बहसमा प्रतिनिधि सभा सदस्य गजेन्द्र बहादुर महत, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र बिउराबारी जलविद्युत योजनाका निर्माण समिति अध्यक्ष निशा राना वक्ताको रुपमा थिए । सत्रको सहजिकरण पत्रकार महेश नेपालीले गरेका थिए ।

देशमा लोडसेडिङ अन्त्य गरेर सबैबाट प्रशंसा पाएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ अहिले पनि सबै माँझ लोकप्रिय छन् । तर कर्णालीका नागरिकले भने अन्य ठाउँझै विद्युतको सुविभा उपभोग गर्न पाएनन् । विद्युत पुगेको ठाउँमा अनियमित विद्युतले हैरानी भोगेका नागरिक र अझै पनि अध्याँरोमै बस्न बाध्य नागरिकले कुलमानले कर्णालीको विद्युतको समस्या समधानका लागि केही गर्छन की भन्ने आशा र अपेक्षा भने कायमै राखेका छन् ।

कार्यक्रममा कार्यकारी निर्देशक कुलमानले नेपालको विद्युतको क्षेत्रमा गरेका राम्रा कामहरुको प्रशंसा गर्दै कर्णालीमा अझै पनि अवस्था उस्तै रहेको सहभागीहरुले गुनासो गरे । सहभागी किशोर सुवेदीले कर्णाली कहिलेसम्म अध्याँरोमा बस्ने भनेर उनलाई प्रश्न गरे । उनले भने, ‘अहिलेसम्म कर्णाली बत्ति मुनिको अध्याँरोमा बस्न बाध्य छ । यसको जिम्मेवार को ? बत्ति मुनिको अध्याँरोमा बस्न कहिले हट्छ ?

सहभागी सुमन श्रेष्ठको प्रश्न पनि कार्यकारी निर्देशक घिसिङलाई नै लक्षित थियो । उनले प्रदेश राजधानी वीरेन्द्रनगरको अनियमित विद्युतले सबै भन्दा बढी विद्यार्थीहरुले हैरानी खेप्नु परेको बाध्यता सुनाए । उनले भने, ‘सुर्खेतमा कर्णालीका जिल्लाबाट मात्र नभएर सुदुरपश्चिमका केही जिल्लाबाट समेत पढ्न विद्यार्थी आउँछन् । तर यहाँ पटक पटक बत्ति जान्छ । रुखको पात हल्निे वित्तिकै र पानी पर्न साथ बत्ति जान्छन । यो समस्या कहिले समधान हुन्छ ?’

सहभागिहरुले हावा चल्ने र पानी पर्न बित्तिकै बत्ति जाने र कहिलेसम्म टुकी बालेर पढ्ने भनेर कार्यकारी निर्देशक घिसिङलाई प्रश्न गरे । कार्यकारी निर्देशक घिसिङलाई प्रश्न गर्दै एक जना सहभागीले भनिन्, ‘तपाई विद्युत प्राधिकरणको नेतृत्वमा आएर धेरै राम्रो काम भएको छ । विद्युत प्राधिकरणको नयाँ उचाई कायम गर्नुभयो । तर कर्णाली अझै पनि अध्याँरो छ । कर्णालीले कहिले बत्ती बाल्न पाउने ?

छलफलमा प्रतिनिधि सभा सदस्य महतले अझै पनि कर्णालीका ग्रामिण भेगका नागरिकले झरो बाल्नु परेको बताए । उनले कर्णालीको विद्युतको समस्या लिएर आफुले मन्त्री, कार्यकारी निर्देशकलाई बारम्बार झक्झक्काईरहेको र संसदमा समेत आवाज उठाएको स्मरण गराए । उनले भने, ‘विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएर घिसिङ आउँनु अघि देशमा विद्युतका समस्या धेरै थिए । उहाँ आउनु भयो । चमत्कार जस्तो भयो । लोडसेडिङ अन्त्य भयो । कर्णालीको आशा अलि बढी भयो । गरे पछि हुने रहेछ भन्ने महसुस भयो । तर कर्णालीमा अहिले पनि गाउँघरमा झरो बाल्छौँ । अहिले पनि कर्णालीको अवस्था उस्तै छ । विद्युत पुगेको ठाउँमा अनियमित विद्युतले नागरिक हैरान भएका छन् । बत्ति चाहेको समयमा पाउन सकिएको छैन् ।’

बिउराबारी जलविद्युत योजनाका निर्माण समितिका अध्यक्ष निशा रानाले कर्णालीका समुदाय उज्यालो गराउन अझै पनि झरो बाल्न बाध्य रहेको बताइन् । उनले लघु जलविद्युत आयोजनाहरु पनि बजेटको अभावमा मर्मत गर्न समस्या भएको उल्लेख गरिन् । उनले भनिन्, ‘अझै पनि कर्णालीका अधिकाँश समुदाय अध्याँरोमा छन् । केही ठाउँमा केन्द्रीय लाइन विस्तार भएका छन् । तर नागरिकले बत्ती बाल्न पाएका छैनन् । पोलहरु अलपत्र छन् । कर्णाली उज्यालो बनाउन सबैले सोच्नुपर्छ । तिनै तहका सरकार लाग्नुपर्छ ।’

कार्यकारी निर्देशक घिसिङले दुई वर्ष भित्र कर्णालीमा शत प्रतिशत विद्युत पुग्ने बताए । उनले कर्णाली र सुदुरपश्चिममलाई शत प्रतिशत विद्युतीकरण गर्नका लागि २४ अर्बको परियोजना पास भएर अघि बढेको बताए ।

र्णालीका लागि १३२ केभी प्रशारण लाईनको काम सम्पन्न भइसके पछि यहाँ विद्युतको समस्या समधान हुने उनको भनाई छ । अबको एकडेढ वर्ष भित्र १३२ केभी प्रशारण लाईनको काम सम्पन्न हुने बताए । उनले भने, ‘१३२ केभी प्रशारण लाइन बने पछि यहाँ रुख लागे पनि बत्ति जादैन् । अबको एक डेढ वर्षमा कर्णालीको विद्युतको समस्या समधान हुन्छ । ’