मानव बेचबिखनको मुद्धाका फरार प्रतिबादी पक्राउ


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मानव बेचबिखन मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ। सुर्खेत जिल्ला अदालतमा मानव बेचबिखन मुद्दामा फैसला तोकेको प्रतिवादीलाई प्रह्रीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले गुर्भाकोट नगरपालिका–९ की २६ वर्षीय सितल बादीलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई सुर्खेत जिल्ला अदालतले १० वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो। प्रहरीले उनलाई गुर्भाकोट नगरपालिका–९ बाट पक्राउ गरेको हो।

उनलाई पक्राउ गरेर प्रहरीले सुर्खेत जिल्ला अदालतमा पठाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।