जबरजस्ती करणी उद्योग मुद्धाको फरार प्रतिवादी पक्राउ

सुर्खेत । जबरजस्ती करणी उद्योग मुद्धामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । वीरेन्द्रनगर १० का ३४ वर्षिय रामबहादुर खड्कालाई कर्णाली प्रदेश कार्यालयबाट खटिएको प्रदेश ब्युरोका प्रहरी टोलीले नियन्त्रणमा लिई अदालतलाई जिम्मा लगाएको हो ।

जबरजस्ती करणी उद्योग मुद्धा लागेका खड्कालाई सुर्खेत जिल्ला अदालतले ४ बर्ष कैद तोकिएको थियो । फरार रहेका खड्कालाई प्रदेश प्रहरीले आइतवार साँझ नियन्त्रणमा लिई अदालतलाई आवश्यक कारवाहीका लागि जिम्मा लगाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।