कर्णालीमा १२ निर्वाचन क्षेत्रबाट ७४ जनाको उम्मेदवारी

सुर्खेत । आसन्न मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निवार्चनमा कर्णाली प्रदेशमा ७४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगले दाबी विरोधपछि बुधवार अन्तिम नामावली प्रकाशन गरेको छ। जस अनुसार कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रबाट ७४ जनाले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

सल्यानबाट २ स्वतन्त्रसहित ९ जना रहेका छन् । यस्तै डोल्पामा एक स्वतन्त्रसहित ५ जना प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

त्यसैगरी, मुगुमा २ स्वतन्त्रसहित ५ जना, एक स्वतन्त्रसहित ५ जना, कालिकोटमा २ स्वतन्त्रसहित ७ जना, हुम्लामा तीन जना निर्वाचनमा उत्रिएका छन् ।

जाजरकोटमा एक स्वतन्त्रसहित ६ जना, दैलेखमा २ स्वतन्त्रसहित १३ जना, सुर्खेतमा १७ जना र रुकुमपश्चिमा २ स्वतन्त्रसहित ६ जना प्रतिनिधिसभा निर्वाचनको मैदानमा उत्रिएका छन् ।

कर्णाली प्रदेशको दैलेख र सुर्खेतमा २÷२ निर्वाचन क्षेत्र छन् भने अन्य ८ जिल्लामा एक÷एक निर्वाचन क्षेत्र रहेका छन् । सल्यान, जाजरकोट, दैलेख र सुर्खेतमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो उम्मेदवार उठाएको छ ।

यस्तै, आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका दश जिल्लाबाट नौ लाख ५० हजार दुई सय ६४ मतदाताले मतदान गर्न पाउने भएका छन् । जसमध्ये पूरुष मतदाता चार लाख ८१ हजार ९३ रहेको छ भने महिला मतदाताको संख्या चार लाख ६९ हजार एक सय ६८ रहेको छ । अन्य मतदाताको संख्या २ रहेको छ ।