नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई वटा बस बगाउँदा करिब ६५ जना बेपत्ता


सुर्खेत । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो आउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छन् । ती बसमा चालकसहित झण्डै ६५ जना यात्रु रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करिब आज बिहान साढे ३ बजे दुईवटा बस त्रिशूलीमा खसेका हुन् ।

काठमाण्डौबाट रौतहटको गौरको लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् । गौर जाँदै गरेको बसमा ४१ र काठमाण्डौ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए ।