यी हुन् ३३० प्रदेश निर्वाचन क्षेत्रका उम्मेदवार

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभाका उम्मेदवारको नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार मंगलबार प्रदेशसभाका उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।

आयोगले ३३० प्रदेश निर्वाचन क्षेत्रका उम्मेदवारको नामावली प्रकाशन गरेको छ । सोमबार उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानबिन गरेर आयोगले नामावली सार्वजनिक गरेको हो । आयोगले विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट आागामी निर्वाचनमा भाग लिनका लागि मनोनयन दर्ता गराउने उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

आयोगले यसअघि प्रतिनिधि सभातर्फका उम्मेदवारको नामावली प्रकाशन गरेको थियो । यस्तै आयोगले बुधवार बिहान  १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय निर्धारण गरेको छ । बुधवार ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ ।​

प्रतिनिधि सभातर्फको विवरण

प्रदेशसभा तर्फ