सुर्खेत । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई उजुरीबारे प्रष्ट पार्न दिउँसो २ बजेसम्मको समय दिएको छ । नागरिकता र मतदाता नामावलीमा फरकफरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवालाई प्रस्ट पार्न दिउँसो २ बजेसम्मको समय दिइएको हो ।
देउवाको नागरिकता र मतदाता परिचयपत्रमा जन्म मिति फरक भएको भन्दै परेको उजुरीमा देउवाले आज २ बजेसम्म जवाफ दिइसक्नु पर्नेछ । डडेलधुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको मनोनयनविरुद्ध हिजो निर्वाचन अधिकृतको कार्यालय डडेलधुरामा उजुरी परेको थियो ।
निर्वाचन आयोगले अस्ति उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध हिजो १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकेको थियो ।
फरकबाटो २५ आश्विन २०७९, मंगलवार ०८:१३