काठमाण्डौ महानगरमा बालेन शाहलाई २३ सय भन्दा धेरै मतको अग्रता

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार उनले ५ हजार २ सय १४ मत पाएका छन् ।

एमालेका उम्मेदवार केशव स्थापितले २ हजार ८ सय ३२ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसकी सृजना सिँहले २ हजार ४ सय ७० मत प्राप्त गरेका छन् भने उपमेयरमा भने एमालेकी सुनिता डंगोलको अग्रता छ । उनले ३ हजार ३ सय ८४ मत ल्याएका छन् । एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९ सय ९२ मत प्राप्त गरेका हुन् ।