झलनाथले हाले सर्वोच्चमा मुद्दा, पुन :  मतदानको माग


सुर्खेत । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पुनः मतदानको माग गर्दै संवैधानिक इजलासमा मुद्दा हालेका छन् ।

मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा इलामा क्षेत्र नम्बर १ मा एमालेका महेश बस्नेतसँग पराजित भएका खनालले पुन मतदानको माग गर्दै मंगलबार सर्वोच्चमा मुद्दा हालेका हुन् ।

गठबन्धनका उम्मेदवारका रुपमा उनले २३ हजार ८९ मत पाउँदा एमालेका बस्नेतले २५ हजार ७ सय ५३ मत ल्याएर चुनाव जितेका छन् ।

खनालले मतगणनादेखि नै धाँधली भएको भन्दै निर्वाचन परिणामलाई अस्वीकार गर्ने बताउँदै आएका छन् । खनालले केही मतदान केन्द्रमा भने पुनः मतगणना हुनुपर्ने माग दाबी निवेदनमा गरेका छन् ।

खसेको भन्दा बढी मत मतपेटिका भेटिँदा पनि निर्वाचन आयोगले मान्यता दिएर आफूलाई हराएको उनको जिकिर छ ।