सुर्खेत । आज दिउँसो देशका विभिन्न भागमा मेघगर्जनसहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग ( जल तथा मौसम पुर्वाअनुमान) महाशाखाले जानकारी दिएको छ ।
विभागका अनुसार आज प्रदेश नं १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हो ।
राती समेत प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने विभागले जनाएको छ ।
फरकबाटो २५ आश्विन २०७९, मंगलवार ०७:०६