टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


सुर्खेत । रुपन्देहीमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शुद्धोधन गाउँपालिका–२ रुपन्देही स्थित हिरापुरमा रा १ ख ७१३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प १९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा बुटवल उपमहानगरपालिका १६ का ३८ वर्षीय शालिकराम शर्माको मृत्यु भएको हो ।