
सुर्खेत । प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केको जीप दुर्घटनामा परेको छ । जीपमा चालकसहित ८ जना सवार थिए ।
लु १ च ६३४५ नम्बरको ८ जना सवार गाडी स्वर्गद्वारी दर्शन गरी फर्किँदै गर्दा स्वर्गद्वारी नपा– ४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
स्थानीयका अनुसार घटनामा परेको गाडीमा सवार ८ जना एकै ठाउँका हुन् । दाङको लमही– ५ बाट स्वर्गद्वारी पुगेको गाडीमा सवारहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेकालाई उद्धार गरेर अस्पताल लगिँदै गरेको र उनीहरुको अवस्था अहिलेसम्म एकीन नभएको हो ।

फरकबाटो २९ जेष्ठ २०८०, सोमबार १७:०२