सुर्खेत । कांग्रेसले पार्टीको प्रदेश समितिको अधिवेशनका लागि कर्णाली प्रदेशको संयोजकमा केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई तोकेको छ ।
आइतवार बसेको केन्द्रीय समितिको बैठकले कर्णालीमा मुख्यमन्त्री समेत रहेका केन्द्रीय सदस्य शाहीलाई संयोजक बनाएको हो ।
हाल पार्टीको प्रदेश समिति नभएका कारण अधिवेशनका लागि संयोजक तोकिएको हो । यस्तै, प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकिएको हो ।
कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ ।
फरकबाटो २९ कार्तिक २०७८, सोमबार ०८:४६