पार्टी कार्यालयमा धर्ना दिने काँग्रेस शेखर समूहको निर्णय

सुर्खेत । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ । सोमबार बसेको शेखर समूहको बैठकले १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिने कार्यक्रम रहेको जनाइएको छ ।

१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकले निर्णय गरेको छ ।