राप्रपा महामन्त्रीमा कुन्ती शाही निर्वाचित, रेखा थापा पराजित

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् ।

महामन्त्रीमा उम्मेदवार दिएकी अभिनेत्री रेखा थापा भने पराजित भएकी छन् । बिहान सकिएको मत गणनामा अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको प्यानलमा रहेकी थापा शाहीसँग पराजित भएकी हुन् ।

शाही कमल थापा पक्षकी हुन् । राप्रपाको निर्वाचन आयोगका अनुसार कुन्ती शाहीले २ हजार ८ मत ल्याएकी छन् । रेखा थापाले एक हजार ६ सय ४० मत पाएकी छन् ।