जुम्लामा पहिरोमा पुरिँदा ६ जनाको मृत्यु, दुईजना घाइते, एकजना बेपत्ता

फाइल फोटो

सुर्खेत । जुम्लामा पहिरोमा पुरिँदा ६ जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । एकजना वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परि ज्यान गुमाउनेहरुमा  कनकासुन्दरी गाउँपालिका वडा नं ५ का ५५ वर्षीय गणेशबहादुर शाही , उनका छोरा २२ वर्षीय रमेशबहादुर शाही , रमेशको २२ वर्षीय श्रीमती पानसरा शाही, सोही स्थानका ९ वर्षीय अनमोल शाही र अन्दाजी ६ वर्षीय  मिलन शाही र छिमेकी २४ वर्षीय सुरेन्द्र हमालको मृत्यु रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

घाइतेहरुमा कनकासुन्दरी ५ कै ५० वर्षीय सरस्वती हमाल र रामबहादुर हमाल रहेको प्रहरीले बताएको छ । बेपत्ता हुनेमा सोही ठाउँकी २२ वर्षीय विद्या शाही रहेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा स्थानिय प्रहरी चौकीबाट ५ जनाको टोली खटिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको हो ।