व्यवस्थापन नमिलाइ विस्थापित गर्न हुँदैनः मेयर हर्कराज राई

काठमाण्डाै । सामाजिक सञ्जालमा सक्रिय हुँदै आएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले काठमाण्डौका मेयर बालेन्द्र शाहलाई कटाक्ष गर्दै टिप्पणी गरेका छन् । काठमाण्डौमा अनधिकृत रुपमा राखिएका संरचना र फुटपाथ पसल हटाउने अभियान चलिरहेका बेला राईले यसै विषयमा फेसबुकमा टिप्पणी लेखेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाइ कसैलाई विस्थापित गर्न हुँदैन । सबैको बाँच्ने अधिकार हुन्छ ।’

यसअघि फोहर व्यवस्थापनको विषयमा पनि धरानका मेयर राईले काठमाण्डौका मेयर शाहलाई यस्तै कटाक्ष गरेका थिए ।