
सुर्खेत । देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९ सय ८८ जनालाई डेंगु भएको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ ।
मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७ सय ३१ जनालाई डेंगु भएको छ । लुम्बिनी प्रदेशका २ हजार ८ सय २१ जना, सुदूरपश्चिम प्रदेशका ७ सय ७७, प्रदेश १ का ५ सय ९१, गण्डकीका ५ सय १५, मधेश प्रदेशका ३ सय २३ र कर्णाली प्रदेशका २ सय ३० जनालाई डेंगु भएको छ ।
भक्तपुर, ललितपुर लगायतका सबभन्दा धेरै संक्रमण फैलिएको जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको मन्त्रालयले जनाएको छ ।

फरकबाटो ८ आश्विन २०७९, शनिबार १५:५०