सुर्खेतमा चितुवाको छालासहित ३ जना पक्राउ

सुर्खेत । चितुवाको छालासहित तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार वीरेन्द्रनगरमा रहेको एक होटलबाट चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुम्लाको सिंजा गाउँपालिका ८ घर भइ वीरेन्द्रनगर १२ मा बस्ने दल बहादुर बुढा, सोही  ठाउँका भरत बहादुर बुढा र अमर बहादुर थापा रहेका छन् ।

उनीहरु बसेको होटलको कोठा खानतलासी गर्दा नौ फिट लम्बाई भएको चितुवाको एक थान छालासहित पक्राउ गरेको कार्यालयले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय सुर्खेतमा पठाइएको छ ।