बंगलादेशी फुटबल टोली आज आउदै

काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली आज शुक्रबार नेपाल आईपुग्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशको टोली शुक्रबार राति नेपाल आउने जनाएको छ ।

बंगलादेशको टोली राति ९:१५ बजे नेपाल आईपुग्ने तालिका रहेको छ । बंगलादेशले बिहीबार कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा बंगलादेश १-० ले विजयी भएको थियो ।

नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल हुनेछ ।