नेपालबाट राजीनामा दिएका पुबुदु क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीबाट राजीनामा दिएका प्रमुख प्रशिक्षक पुबुदु दाशानायके क्यानाडा क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन्। उनले आजकै दिनदेखि नेपाली राष्ट्रिय टोलीबाट राजीनामा दिएका थिए।

क्यानाडाको आधिकारिक पेजमा दाशानायकेलाई प्रमुख प्रशिकमा नियुक्त गरेको जानकारी दिइएको छ।

दशानायाके नेपालको मुख्य प्रशिक्षकमा गत मंसिरमा दोस्रोपटक नियुक्त भएका थिए। त्यसअघि उनी सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा रहेका थिए।