धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, छोराछोरी घाइते

धनगढी । कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका ५ अण्डैयामा बिहीवार बिहान श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको हो। यस्तै कुटपिटबाट दुई छोराछोरी पनि घाइते भएका छन्।

मृतकका श्रीमान शेरबहादुर नाम्जाली मगरले श्रीमती ललिता नाम्जाली मगरलाई कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ। घटनामा १७ वर्षीया छोरी लक्ष्मी नाम्जाली मगर र १२ वर्षका छोरा विजय नाम्जाली मगर घाइते भएका छन्। घाइते लक्ष्मीलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ। विजयलाई  सामान्य चोटपटक लागेको छ।

ललितामाथि धारिलो हतियार प्रहार गरिएको बताइएको छ। घटनापछि शेरबहादुर फरार भएका थिए। फरार उनलाई ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको छ।