पत्नी शोकमा प्रचण्ड


सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएकी उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो।

रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बिहान अस्पताल लगिएको थियो । ६९ वर्षीय उनकोउपचारको क्रममा बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पतालले जनाएको छ । उनी पार्किन्सन जस्तै लक्षण भएको जटिल प्रकारको रोगबाट पीडित थिईन् । उनको दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।