
सुर्खेत । संरक्षित पंक्षी डाँफेसहित एक जनालाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेको छ । शनिबार छायानाथ रारा नगरपालिका–३ का २० वर्षीय ध्रुवराज रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।
छायानाथ रारा नगरपालिका वडा नं २ अस्पताल रोडमा प्रहरी चेकजाँचगर्दा रोकायाले मारी ल्याएको डाँफेसहित उनलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।
कार्यालयका प्रवक्ता तथा प्रहरी उपरिक्षक माधव श्रेष्ठका अनुसार उनलाई पक्राउ गरि जिल्ला वन कार्यालय मुगुमा बुझाइएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

फरकबाटो ४ पुष २०७८, आईतवार १८:४५