प्रेस चौतारी कर्णालीमा नयाँ नेतृत्व चयन


सुर्खेत । प्रेस चौतारी नेपाल कर्णाली प्रदेश कमिटी नयाँ नेतृत्व चयन गरेको छ । प्रेमराज सिम्खडा अध्यक्षतामा नेतृत्व सर्वसम्मत चयन भएको हो ।

आइतबार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो अधिवेशनबाट सिम्खडाको नेतृत्वमा नयाँ टीम बनेको हो ।

यस्तै, उपाध्यक्षमा सीता वली (सुर्खेत ) र हिक्मत नेपाली (दैलेख), महासचिवमा ओमबहादुर शाही (सुर्खेत), सचिवमा जगतजनाला विक (सुर्खेत), नौरेते नेपाली (जुम्ला), कमल बुढा (डोल्पा), झक्कुप्रसाद शर्मा (सल्यान), कालीबहादुर बुढा (जाजरकोट) र सरेश परियार (हुम्ला) र कोषाध्यमा गिता थापा (सुर्खेत) चयन भएका छन् । कमिटी ३१ सदस्यीय बनेको हो ।