
सुर्खेत । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ४ करोड ५५ लाख थान पतपत्र छापेको छ ।
आयोगका अनुसार समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभाका गरी ४ करोड ५५ लाख थान मतपत्र छपाइ भइसकेको हो । प्रतिनिधि सभातर्फ एक करोड ९८ लाख ७१ हजार र प्रदेश सभातर्फ दुई करोड एक लाख ८४ हजार थान मतपत्र छापिएको आयोगले जनाएको छ ।
आयोगले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचीको अन्तिम टुङ्गो लगाउने काम गरिरहेको छ । आगामी २३ गते आइतवार प्रत्यक्षतर्फका उम्मेदवारको उम्मेदवारी दर्ताको तालिका रहेको छ ।

फरकबाटो २१ आश्विन २०७९, शुक्रबार १९:३१