सुर्खेत। बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ । आज बलपुर्वक बेपत्ता पारिएका पिडितहरुको अन्तर्राष्ट्रिय दिवसको अवसर पारि वीरेन्द्रनगर ८ कालिञ्चोकमा दीप प्रज्वलन गरिएको हो ।
एम्नेष्टी इन्टरनेसनल नेपाल समुह २, सुर्खेतको आयोजना र एम्नेष्टी इन्टरनेसनल नेपाल वीरेन्द्रनगर युथ नेटवर्क, सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।
बलपूर्वक बेपत्ता पार्ने कार्यलाई अन्तराष्ट्रिय अधिकार र अन्तराष्ट्रिय मानबिय कानुनले मानव अधिकारको उलघंन मात्र नभनी अपराधको रूपमा परिभाषित गरेको छ । हाल नेपालमा १३ सय ५० देखि १४ सय भन्दा बढी व्यक्ति बेपत्ता रहेको तथ्याँक रहेको छ ।
एम्नेस्टी इन्टरनेसनल नेपाल समूह २ का सल्लाहकार एवं निर्बतमान संयोजक भरत कुमार पन्तले कसैले कसैलाई पनि बेपत्ता पार्नु कानुन विपरित भएको बताए ।
कार्यक्रम संस्थाका अध्यक्ष गोना कुमारी पौडेलको अध्यक्षता, संस्थाका सल्लाहाकार तथा संयोजक नारायण नाथ योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहाकार तथा निवर्तमान संयोजक भरतकुमार पन्त तथा वीरेन्द्रनगर यूथ नेटवर्कका संयोजक आस्था परियार लगाएतको सहभागीता रहेको थियो ।
फरकबाटो १४ भाद्र २०७९, मंगलवार २१:५६