
सुर्खेत । बराहताल गाउँपालिका सुर्खेतले नव प्रतिभा खोजी गर्नका लागि तिज प्रतियोगिता गरेको छ । गाउँपालिकाका विभिन्न वडाका युवा प्रतिभाहरुलाई नृत्य र गायन प्रतियोगिता गरी ८ जनालाई छनौट गरिएको हो ।
बराहताल गाउँपालिकाको प्रायोजनमा कला संस्कृति संरक्षण प्रतिष्ठान सुर्खेतको आयोजनामा तिज विशेष सांस्कृतिक कार्यक्रम गरिएको हो ।
बराहतालमा लुकेर रहेको कलालाई प्रतियोगिता मार्फत अगाडी ल्याउनको लागि कार्यक्रमको आयोजना गरिएको बराहताल गाउँपालिकाकी उपाअध्यक्ष लक्ष्मी पुनले जानकारी दिनुभयो । ।
उहाँका अनुसार प्रतियोगितामा छनौट भएका मध्येमा पनि थप प्रतिस्प्रर्धा गराई उनीहरुलाई मोडलिङ्ग र गाएनमा अगाडी बढाउने योजना रहेको छ ।
नृत्य तर्फ गाउँपालिकाकी स्वस्तीका कार्की प्रथप द्धितिय निर्मला विश्वकर्मा, तृतिय प्रकाश कँडेल र सान्तवना मिना पुरी रहेका हुन् ।
गाएनतर्फ प्रथम देवीसरा सुनार, द्धितिय तुल्सी वि.क, तृतिय पुष्पा वली र सान्त्वना राजाराम विश्वकर्मा रहेको उपाअध्यक्ष पुनले बताउनुभयो ।

फरकबाटो १२ भाद्र २०७९, आईतवार १३:२४