दृष्टि विहिनछात्राहरुलाई खाजा सहयोग

सुर्खेत । लायन्श क्लब अफ सिद्धापाइलाले विपन्न तथा असाहय दृष्टि बिहिन छात्राहरुलाई खाजा सहयोग गरेको छ । श्री कृष्ण संस्कृती तथा साधारण माध्यामीक विद्यालय इत्राममा अध्ययनरत दृष्टिबिहिन १२ जना छात्राहरुलाई खाजा सहयोग गरेको हो ।

उनीहरुलाई एकमहिना पुग्ने खाजा प्रदान गरिएको लायन्श क्लब अफ सिद्धापाइलाका कोषाध्यक्ष गीता वलीले जानकारी दिईन् । डिस्ट्रिक एक्जुकेटिभ चिफ लायन टिकाराम चपाई, मञ्जु तिवारी, छबि आचार्य, शारदा सेर्पा ,ज्ञानु गैरे र क्लबका सदस्यहरुले सहयोग प्रदान गरेका थिए ।

मानशिक स्वास्थ्य तथा परामर्श सेवा केन्द्र प्रमुख लक्ष्मण नाथले छात्राहरुलाई ३० प्रति ब्रेलपिली पुस्तक वितरण गरेका थिए ।

क्लबका अध्यक्ष सरिता शर्माले आगामी दिनमा पनि पछाडी परेको समुदाय क्लब निरन्तर जाने र सहयोग गर्ने बताईन् । उनले यस्ता कार्यक्रमहरु अझै पनि आगामी दिनमा गर्दै जाने बताईन् ।

सामाग्री शिक्षक तारा ढकाल र सुरेश कुमार खड्कालाई हस्तान्तरण गरिएको थियो ।