७२ करोड अनुदान निकासा, बन्द गरेको पोलिसी खुलाउँदै बीमा कम्पनी

सुर्खेत । नेपाल सरकारले कृषि तथा पशुपन्छी बीमाको अनुदान बापतको ७२ करोड रुपैयाँ निकासा गरेको छ । आगामी बजेटमार्फत यो बीमा अन्तरगर्त ८० प्रतिशत रकम अनुदान दिने घोषणा गरेको थियो ।

सरकारले चालु आर्थिक वर्षमा कृषि तथा पशुपन्छी बीमा समयमा निकासा नदिएपछि निर्जीवन बीमा कम्पनीहरुले पोलिसी नै बन्द गरेका थिए ।

सरकारले समयमै अनुदान नदिएपछि बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाका पोलिसी बिक्री बन्द गर्नु परेको बताउँदै आएका थिए ।

चरणवद्ध रुपमा रकम निकासा भएपनि कम्पनीहरुले बन्द गरेका कृषि बीमाको पोलिसी बिक्री सुचारु गर्ने भएका छन् । भने, पशुपन्छी बीमालेख भने तत्काल बिक्री नगर्ने नेपाल बीमक संघले जनाएको छ । सरकारले अझै २ अर्ब २२ करोड रुपैयाँ निकासा गर्न बाँकी रहेको संघले जनाएको छ ।

सरकारले दिने भनेर घोषणा गरेर पनि नदिएको अनुदानमध्ये हाल करिब २५ प्रतिशत रकम मात्रै निकासा गर्ने भएको हो । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीका अनुसार

सरकारले करिब ३ अर्ब अर्थात २ अर्ब ९४ करोड रुपैयाँ अनुदान दिन बाँकी भएपनि अहिले ७२ करोड मात्र निकासा गरेको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले जानकारी दिए ।

सरकारले दिनुपर्ने तीन अर्ब रुपैयाँ भएपनि पहिलो चरणमा ७२ करोडमात्रै निकासा गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सका सीईओ समेत रहेका उनले बताए ।
‘दोश्रो चरणको रकम आगामी साउनभित्रमा निकासा गर्ने सम्भावना छ । हाल निकासा भएको उक्त रकम नेपाल बीमा प्राधिकरणको खातामा जाने र उक्त रकम कम्पनीले पाउँछन् । सरकारले विभिन्न चरणमा रकम निकासा गर्ने छ । उनले भने, ‘कृषि बीमा पोलिसी बिक्री खुलाइए पनि पशुको अहिले सकिन्न । यो विषयमा बीमा कम्पनी र सरकारसँग छलफल गर्नुपर्छ । संघले छलफल गरेपछि मात्रै थप निर्णय गर्नेछ ।

सरकारले पछिल्लो समय कृषि तथा पशुपन्छी बीमा अनुदान लिदै आएको छ । अनुदान रकम समयमा अर्थ मन्त्रालयले निकासा नदिँदा किसान र बीमा व्यवसायी नै समस्यामा पदै आएका छन् ।

सरकारले कृषि तथा पशुपन्छी बीमाका लागि रकम अनुदान दिएपनि समयमा रकम निकासा नदिँदा किसानलाई क्षतिपूर्ति दिन समस्या हुने गरेको बीमा व्यवसायीको गुनासो छ । समयमा बीमतले पैशा नपाएपछि यो क्षेत्रमा बीमा गर्ने किसानको संख्यापनि घट्दो छ ।