नेपाली सेनामा ४ हजार ५ सय दरबन्दीमा भर्ना आह्वान


सुर्खेत । नेपाली सेनामा चार हजार ५ सय जनाका लागि भर्ना खुलेको छ । आज सूचना निकालेर नेपाली सेनाले चार हजार ५ सय जना सैन्य पदका लागि दरखास्त आह्वान गरेको हो । जसमा खुलातर्फ २ हजार ३ सय ५१ जना माग गरिएको छ ।

यस्तै, नेपाली सेनामा कर्तव्य पालनाका क्रममा असक्त भएका वा ज्यान गुमाएकाका सैन्य परिवारलाई २ सय २५, महिला ३ सय ९०, आदिवासी जनजाति ६ सय १७, मधेशी ५ सय ४०, दलित २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको सङ्ख्या छुट्याइएको छ ।

अनलाइनमार्फत् फारम भर्न सक्ने छनोट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ ।