बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुर्खेत । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट सिराहाका लागि छुटेको बागमती प्रदेश ३ ००१ ख ०७२२ नम्बरको यात्रुबाहक बसले गल्छी गाँउपालिका वडा नं। ७ स्थित खेस्टेखोला पुलनजिकै विपरीत दिशाबाट आउँदै गरेको बा ९२ प २३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक थाँक्रे गाउँपालिका वडा नं ११ का २६ वर्षीय सुनिल थापाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार अर्का ३४ वर्षीय रमेश लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको हो । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीयबासिन्दाले बसमा आगजनीसमेत गरेका थिए ।