आलोपालोको १४ औं वार्षिक साधारण सभा सम्पन्न


सुर्खेत । आलोपालो बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार संस्थाको साधारण सभा सम्पन्न भएको हो ।

संस्थाले १० करोड ४३ लाख ५८ हजार ६ सय ५५ रुपैयाँ ३० पैसा कारोबार गरि ४१ लाख ३ हजार ९ सय ५८ रुपैयाँ ६४ पैसा शुद्ध मुनाफा गर्न सफल भएको छ । संस्थाले शेयर सदस्यहरुलाई कुल ९ करोड १५ लाख ८४ हजार १ सय ८ रुपैया ॠण लगानी समेत गरेको संस्थाका अध्यक्ष जगत बहादुर बि.सीले जानकारी दिए ।

उनका अनुसार संस्थाले आर्थिक वर्ष २०७८÷०७९ को लागि १२ करोड १४ लाख ३३ हजार ७ सय ५० प्रस्तावित कारोबार गर्ने र ५१ लाख मुनाफा गर्ने लक्ष्य लिएको छ ।

जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बि.सीको प्रमुख आथित्यतामा सम्पन्न सभामा राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय सुर्खेतका प्रमुख हिरा सुनार विशेष अतिथिको रुपमा सहभागी भएका थिए ।

सभाको उद्घाटन समारोहमा बोल्दै जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बि.सीले अर्थतन्त्रको बलियो खम्बा नै सहकारी भएको बताए । उनले सहकारीमार्फत आर्थिक क्रान्ति गर्न सकिने भएकोले सबै नागरिक सहकारीमा आवद्ध हुनुपर्ने बताए । सहकारीले विशेषगरी कृषी क्षेत्रमा लगानी गर्नुपर्ने उनले धारणा राखेका थिए ।

संस्थाले वार्षिक कार्यक्रम अनुसार एस्.ई.ई तथा प्लसटुमा सर्वोउत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरेको थियो । साथै जेष्ठ नागरिक, असल ऋणी, नियमित बचतकर्ता र पुर्व कार्यसमितिमा रहि योगदान पु¥याएकाहरुलाई सभामा सम्मान गरिएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै संस्थाका अध्यक्ष जगतबहादुर बि.सीले संस्थाले हरेक वर्ष शेयरसदस्यहरुलाई उत्साहित गर्ने खालका कार्यक्रम हरु समेत गर्ने गरेको बताए । उनले विशेष गरि कृषी क्षेत्रमा लगानी गर्दै आएको भन्दै यसलाई अझै बढाउने गरि काम गर्ने जानकारी दिए । सहकारीले शेयर सदस्यहरुको हितबिपरित कुनैपनि काम नगर्ने प्रतिवद्धता व्यक्त गरे ।