
सुर्खेत । नेकपा माओवादी केन्द्रले आज एकै दिन ६ हजार ७४३ वडामा नेतृत्व चयन गर्दैछ ।
आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलन अन्तर्गत शनिबार वडा सम्मेलन हुन लागेको हो । सर्वसम्मत नेतृत्व चयन गर्न नसके निर्वाचनमा जान पार्टी केन्द्रले निर्देशन दिएको छ ।
पार्टीले केन्द्र बाहेकमा तीन चरणमा सम्मेलन गर्ने निर्णय गरेको छ । जसअनुसार वडा सम्मेलनपछि यही मंसिर ११ गते पालिका तथा नगर सम्मेलन र २५ गते प्रदेश सम्मेलन सम्पन्न हुनेछ ।
राष्ट्रिय सम्मेलनको तयारी अन्तर्गत माओवादी केन्द्रले पार्टी सदस्यता वितरण तथा नवीकरण पनि टुंगो लगाएको छ ।

फरकबाटो ४ मंसिर २०७८, शनिबार ०८:५८