
सुर्खेत । वीरेन्द्रनगर ११ पिपिराबाट प्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । आज बिहान करिब १२ बजे पिपिरामा लागुऔषध कारोबार भइरहेको गोप्य सुचनाका आधारमा प्रहरीले वीरेन्द्रनगर ११ का १९ वर्षीय प्रतिक के.सीलाई पक्राउ गरेको हो ।
कर्णली प्रदेश प्रहरी कार्यालय सुर्खेत, लागुऔषध नियन्त्रण ब्युरो शाखा सुर्खेत र जि.प्र.का.सुर्खेत बाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले उनलाई १ ग्राम १ सय ७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ नियन्त्रण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी सुरज कार्कीले थप अनुसन्धान भइरहेको जानकारी दिए ।

फरकबाटो ६ भाद्र २०७९, सोमबार १८:४४