सुर्खेतमा तीजको नाच हेर्ने क्रममा विवाद हुँदा एकजनाको हत्या

सुर्खेत । वीरेन्द्रनगर १० बामेखोला पटानटोल सुर्खेतमा तीजको नाच हेर्ने क्रममा बिवाद हुँदा एकजनाको हत्या गरिएको छ ।

स्थानिय रोशन जि.सीको हत्या गरिएको हो । ढुङ्गा प्रहारबाट गम्भिर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।