थप ६ सय ५८ जनामा कोरोना पुष्टि, १ जना सङ्क्रमितको मृत्यू

काठमाण्डाै । पछिल्लो २४ घण्टामा ६ सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ४३ जनाको नमुना परीक्षण गर्दा ६ सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा चार सय ५६ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय ९६ जना छन् ।

यही अवधिमा ३८ हजार १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।