प्युठान जन्ती बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु

प्युठान । प्युठानको ओखरपाटामा भएको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिए ।

प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जीप आज बिहान एक बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो ।

नौबहिनी गाउँपालिकाको लुङबाट गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा दुर्घटनामा परेको थियो ।

जीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका अन्य पाँच जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।