
सुर्खेत । बाग्मती प्रदेशका नवनिर्वाचित सभामुख राप्रपाका भुवनकुमार पाठकले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले सभामुख पाठकलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । निर्वाचित भएलगतै पाठकलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराएका हुन् ।
आज दिउँसो प्रदेश सभामा भएको सभामुखको निर्वाचनमा पाठक ६२ मत प्राप्त गर्दै विजयी भएका थिए ।

फरकबाटो २९ पुष २०७९, शुक्रबार १९:४२